गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक

गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक

काठमान्डाैँ । गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फत सार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमा सार्बजानिक भएको हो ।

पुर्बेली भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजीक भिडीयो आम दर्सक ले रुचाउनेमा आफु निकै आशावादी रहेको निर्देशक हाङ चेम्चोङले बताउनुभएकाे छ ।

लोकप्रिय संगीतकार डि. आर अटुको संगीतमा गीत तयार पारिएको छ । ललितपुरको अत्ति मनोरम देउराली डाँडामा दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ । गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गर्नुभएकाे हाे । नेम बाबु तामाङको कोरियोग्राफि , हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई , बिमला खजुमको नृत्य एवम अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका