पोखरा सभागृह चोकमा स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाईते • Nepal's Trusted Digital Newspaperपोखरा सभागृह चोकमा स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाईते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा सभागृह चोकमा स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाईते

पोखरा सभागृह चोकमा स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाईते

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
पोखरा सभागृह चोकमा स्कुटर दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाईते

पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै स्कुटर दुर्घटना हुदाँ एकको ज्यान गएको छ, भने एक जना घाईते हुनुभएकाे छ ।

आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उहाँको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभएकाे हाे ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा वडा–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते हुनुभएकाे छ । उहाँको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी तिवारीले बताउनुभयाे । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता  तिवारीले बताउनुभयाे ।

ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रक र ट्रक चालक पाेखरा बैदाम प्रहरीको नियन्त्रणमा रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका