नेपाल संस्कृत युवा मञ्च कास्कीले आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaperनेपाल संस्कृत युवा मञ्च कास्कीले आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल संस्कृत युवा मञ्च कास्कीले आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न

नेपाल संस्कृत युवा मञ्च कास्कीले आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
नेपाल संस्कृत युवा मञ्च कास्कीले आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न

पाेखरा । नेपाल संस्कृत युवा मञ्च कास्कीले पोखरा फुलवारी रामेश्वर मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएकाे रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक महेन्द्र ढकाल शास्त्रीले बताउनु भएको छ ।

रगतको अभावमा कसैले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहोस भन्ने हेतुका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको युवा मञ्चको अध्यक्ष रामकृष्ण अर्यालले बताउनु भएको छ।

युवा मञ्च सदैव सामाजिक धार्मिक कार्यप्रति उत्तरदायित्व रहिरहने कार्यक्रम सञ्चालक गिरिराज शर्माले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वेदराज वास्तोला विशेष अतिथि धर्मराज आचार्य तालबाराही आरतीका अध्यक्ष मङ्गल नेपाली ॐ गामेन्ट उद्योग सञ्चालिका पवित्रा थापा लगायतका अन्य समाजसेवी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रम लाई सफल बनाउनुहुनुका लागि यातायातमा विशेष भुमिका गोकर्ण वराल हरी प्रसाद पौडेल विश्वराज सापकोटा प्रकाश तिमिल्सेना गोविन्द ज्युले निर्वाह गर्नुभएको थियो।

नारी दिवसको अवसर पारि पहिलो रक्तदाता संस्थाका सचिव केशव गौतम र महिला रक्तदाता शान्ती पौडेल उक्त कार्यक्रम लाई सम्वोधन गर्दै लक्ष्मी पहारी ज्युले २४ औँ पटक रक्तदान गर्न अवसर प्रदान गरिदिनुभएको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो  ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका