पोखरा महानगरपालिकाबाट लागूऔषध सहित १ जना व्यक्ति पक्राउ • Nepal's Trusted Digital Newspaperपोखरा महानगरपालिकाबाट लागूऔषध सहित १ जना व्यक्ति पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा महानगरपालिकाबाट लागूऔषध सहित १ जना व्यक्ति पक्राउ

पोखरा महानगरपालिकाबाट लागूऔषध सहित १ जना व्यक्ति पक्राउ

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
पोखरा महानगरपालिकाबाट लागूऔषध सहित १ जना व्यक्ति पक्राउ

पाेखरा । जिल्ला कास्की पोखरा महानगरपालिका बाट लागूऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । साेमबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका.-१ सिमपानी बस्ने ३६ वर्षिय चित्र कुमार मर्साङ्रगीलाई पोखरा महानगरपालिका वडा नं.४ बाट पक्राउ गरेकाे हाे ।

महोत्तरी जिल्ला बर्दिबास घर भएका मर्साङ्रगी पोखरा महानगरपालिका १ सिमपानी बस्दै आउनुभएकाे थियाे । मर्साङ्रगीकाे साथबाट डाईजापाम-६२ एम्पुल, फेनेरागन-६९ एम्पुल र नुर्फिन–३८ एम्पुल गरी जम्मा-१६९ एम्पुल लागू औषध बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञाप्ति जारी गरी जानकारी गराएकाे हाे ।

मर्साङ्रगी लागूऔषध सम्बन्धी मुद्दामा  पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका