पोखरा वडा १४ र वडा २१ का अटेरी उम्मेदवार सार्वजनिक • Nepal's Trusted Digital Newspaperपोखरा वडा १४ र वडा २१ का अटेरी उम्मेदवार सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा वडा १४ र वडा २१ का अटेरी उम्मेदवार सार्वजनिक

पोखरा वडा १४ र वडा २१ का अटेरी उम्मेदवार सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, चैत्र १६, २०७८
पोखरा वडा १४ र वडा २१ का अटेरी उम्मेदवार सार्वजनिक

पोखरा । पोखरा महानगरपालिका वडा १४ र वडा २१ मा अटेरी उम्मेदवारी सार्वजनिक भएको छ । आउँदो स्थानीय तह निर्वाचनमा देशव्यापी बन्दै गएको अटेरी अभियानका अभियन्ताद्वयले उम्मेदवारी सार्वजनिक गर्नुभएकाे हाे ।

वडा नम्बर १४ मा सुजन कार्की र २१ मा सागर पौडेल (ओमप्रकाश)को उम्मेदवारी सार्वजनिक भएको हो । पोखराका गनेस पौडेलले स्थानीय तह निर्दलीय बनाउने उदघोषसहित सुरुआत गरेको यो अभियानमा अहिले देशभरबाट सयौंले उम्मेदवारी सार्वजनिक गरि सकेका छन् ।

पोखराका अटेरी उम्मेदवारले यही आउँदो १९ गते पत्रकार सम्मेलन मार्फत अभियानको जानकारी दिँदै छन् । अहिले अटेरी अभियान चुनाव केन्द्रित छलफलमा लागेको अभियानका निर्वाचन संयोजक हरि कार्कीले जानकारी दिनुभएकाे हाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका