काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८६ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार १९८ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५० हजार १५१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार ४ सय ७१ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।