'सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला यो विषय उठछ':-प्रवक्ता लम्साल • Nepal's Trusted Digital Newspaper'सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला यो विषय उठछ':-प्रवक्ता लम्साल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला यो विषय उठछ’:-प्रवक्ता लम्साल

‘सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला यो विषय उठछ’:-प्रवक्ता लम्साल

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
‘सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला यो विषय उठछ’:-प्रवक्ता लम्साल

काठमाडौं । सीमा समस्याका बारेमा नेपालले भारतसँग छलफल गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला नेपालले सीमा समस्याका बारेमा कुरा उठाउने तयारी गरेको हो ।

परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सीमा समस्याको मुद्दा उठ्ने जनाएको हाे। मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल र भारतबीच देखिएका सीमा समस्या महत्वपूर्ण विषय भएकाले प्रधानमन्त्री देउवाको भ्रमणका बेला सो विषयमा छलफल हुने बताउनुभयाे।

प्रवक्ता लम्सालले भन्नुभयाे,’ सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला कहि न कहि यो विषय उठछ ।’प्रधानमन्त्रीको टोलीमा को-को सहभागी हुने भन्ने विषय छलफलकै क्रममा रहेको उहाँले बताउनुभयाे । प्रवक्ता लम्सालले भ्रमणको तयारी तीब्र गतिमा भइरहेको र एजेण्डाको बारेमा ‘वर्कआवट’ भइरहेको समेत बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका