युक्रेन र रुसबीच इस्तानबुल शहरमा नयाँ चरणको शान्ति वार्ता हुँदै • Nepal's Trusted Digital Newspaperयुक्रेन र रुसबीच इस्तानबुल शहरमा नयाँ चरणको शान्ति वार्ता हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेन र रुसबीच इस्तानबुल शहरमा नयाँ चरणको शान्ति वार्ता हुँदै

युक्रेन र रुसबीच इस्तानबुल शहरमा नयाँ चरणको शान्ति वार्ता हुँदै

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
युक्रेन र रुसबीच इस्तानबुल शहरमा नयाँ चरणको शान्ति वार्ता हुँदै

टर्की । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ। स्थानीय समय अनुसार बिहान १०.३० बजे सुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।

‘मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्,’ कुलेबाले ट्वीट गर्नुभएकाे छ । रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका