नेपालमा ३ दिने 'द हिमालयन भिगन फेस्टिबल' हुने • Nepal's Trusted Digital Newspaperनेपालमा ३ दिने 'द हिमालयन भिगन फेस्टिबल' हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालमा ३ दिने ‘द हिमालयन भिगन फेस्टिबल’ हुने

नेपालमा ३ दिने ‘द हिमालयन भिगन फेस्टिबल’ हुने

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
नेपालमा ३ दिने  ‘द हिमालयन भिगन फेस्टिबल’ हुने

काठमाडौं । आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा ३ दिने ‘द हिमालयन भिगन फेस्टिबल’ हुने भएको छ। सो कार्यक्रममा २ पटकसम्म सगरमाथा आरोहण गरिसकेका पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर लगायत ३२ देशका १०० भन्दा बढी बिज्ञहरू सहभागी हुने छन्।

जोइसरले आफ्नो अनुभव सुनाउँदै पूर्ण वनस्पति भोजन र यसका अनेकौँ फाइदाबारे बुझेर आफू पूर्ण भिगन अर्थात माछामासु, दहीदूध र महसमेत नखाने शाकाहारी भएको बताउनुभयाे । उहाँले प्राकृतिक इको सिस्टमलाई कायम राख्न, वातावरणलाई बनस्पति मैत्री बनाउन, विभिन्न रोगबाट बच्न, स्वस्थ जीवन जिउन र शान्ति तथा मैत्रीपूर्ण जीवनयापनका लागि शुद्ध शाकाहारी जीवन आवश्यक रहेको बताउनुभयाे।

कार्यक्रम संयोजक भिगन अभियन्ता सुरेश राज शर्माका अनुसार नेपालसँगै सोही समयमा भुटानमा पनि फेस्टिबल आयोजना हुनेछ। भिगन फेस्टिबलमा सर्वसाधारणका लागि निशुल्क प्रवेशको ब्यबस्था रहनेछ।

फेस्टिबलमा खाना, खाना पकाउन सिकाउने कक्षा, चलचित्र स्क्रिनिङ र म्याराथनसमेत हुनेछन् । कुन्तलमा आफैँ अन्तरराष्ट्रिय एथलेटसमेत हुनुहुन्छ। कुन्तल आफैँमा फोटोग्राफरसमेत हुनुहुन्छ र उहाँका फोटो र फोटोकथाहरू नेसनल जियोग्रफिक, बिबिसी अर्थ, द आउटडोर जर्नल, हिमालयन जर्नललगायत अन्य म्यागाजिनहरूमा छापिएका छन्। वातावरण र प्रकृति संरक्षणको उदेश्यका लागि भिगन बन्नुभएका उहाँ मिनिमलिस्ट पनि हुनुहुन्छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका