गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताउनुभयाे । आफनो मायाको राजकुमारलाई मायाको संसारमा एकान्तमा प्रेमका भाव ब्यक्त गर्न प्रेमिका आतुर रहेकाे यस गीत मार्फत       देखाउन खाेजीएकाे छ ।

विकाश चौधरीको संगीत तथा एरेन्जमा तयार गरिएको गीतमा अजय चौधरीको छायाँकन , सुवास लिम्बुको सम्पादन तथा राज लावतीको निर्देशन गीतमा रहेको छ । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । ‘बनकी चरी’ गीतकाे भिडियाेमा अजय चौधरी , अञ्जली माझी , विक्रम धिमाल र धिरज परियारको अभिनय तथा नृत्य रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका