सेकेण्ड हेण्ड बाइक किन्दा के कुरामा ध्यान दिनुपर्छ ? • Nepal's Trusted Digital Newspaperसेकेण्ड हेण्ड बाइक किन्दा के कुरामा ध्यान दिनुपर्छ ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सेकेण्ड हेण्ड बाइक किन्दा के कुरामा ध्यान दिनुपर्छ ?

सेकेण्ड हेण्ड बाइक किन्दा के कुरामा ध्यान दिनुपर्छ ?

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
सेकेण्ड हेण्ड बाइक किन्दा के कुरामा ध्यान दिनुपर्छ ?

 

अहिले मोटरसाइकल तथा स्कुटर अत्यावश्यक सवारी साधन जस्तै भएको छ । काठमाडौं जस्तो सहरमा अत्यधिक ट्राफिक जामका कारण पनि छिटोछरितो यात्राका लागि सर्वसाधारणको रोजाइमा मोटरसाइकल वा स्कुटर पर्ने गरेको छ ।

तर सबैले नयाँ मोटरसाइकल वा स्कुटर किन्ने क्षमता राख्दैनन् । यस्तोमा सेकेण्ड ह्याण्ड साधन राम्रो विकल्प हुन सक्छन् । सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटर किन्दा ध्यान पु¥याउन नसक्दा कतिपय ग्राहक फस्ने सम्भावना पनि उत्तिकै रहन्छ । तपाई सेकेण्ड ह्याण्ड बाइक वा स्कुटर किन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान पु¥याउनुपर्ने हुन्छ, जसले नोक्सान हुनबाट बचाउन सक्छन् ।

दर्ता भएका व्यवसायीसँग मात्रै कारोबार गर्ने
सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटर किन्दा ग्राहकले नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ तथा सरकारबाट अनुमति लिएका रिकन्डिसन सेन्टरसँग मात्रै कारोबार गर्नुपर्छ ।

संघमा तथा सरकार मातहत दर्ता भएका रिकन्डिसनसँग कारोबार गरेमा ग्राहक फस्ने सम्भावना कम हुन्छ । कुनै समस्या आए तुरुन्त बिक्रेतासँग सम्पर्क गर्न सकिन्छ ।

दर्ता नभएका बिक्रेताहरुसँग बाइक किन्दा ठगिने सम्भावना हुन्छ । दर्ताविना सञ्चालन भएका व्यवसायी केही दिनमै भाग्न पनि सक्छन् ।

कागजपत्रको जाँच गर्ने

सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटर किन्दा कागजात रहे नरहेको बुझ्नुपर्छ । सवारी साधनको ब्लुबुक जाँच गरेर मात्रै खरिद गर्नुपर्छ । साथै ब्लुबुकमा उल्लेख गरिएको चेसिस नम्बर र सवारी साधनको चेसिस नम्बर मिलेको छ कि छैन जाँच गर्नुपर्छ ।

सवारी साधन जाँच गर्ने

सेकेण्ड ह्याण्ड स्कुटर वा मोटरसाइकल किन्दा बाहिरको बडी सही भए नभएको हेर्नुपर्छ । बडीमा कुनै दाग–धब्बा भएको, कोरिएको वा टुटफुट भए नभएको राम्ररी हेर्नुपर्छ ।

जाँच गर्दा सकेसम्म अनुभव भएको व्यक्तिलाई लगेर जानुपर्छ । बाइक तथा स्कुटरको ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर तथा तेल ट्यांकी राम्ररी हेर्नुपर्छ । बाइकका यी पाटपूर्जाले राम्ररी काम गर्न सक्ने नसक्ने पनि परीक्षण गर्नुपर्छ ।

मोटरसाइकल वा स्कुटर किन्दा बीमा गरे नगरेको, बीमाको रकम तिरे नतिरेको, कर तिरे नतिरेको तथा बाइक चोरीको हो वा होइन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

बाइक बेच्ने व्यक्तिले बीमा गरेको भए त्यही बीमा किन्नेको नाममा ट्रान्सफर गरिन्छ । बीमा नगरेको भए बाइक नामसारी गर्दा बीमा गरिन्छ ।

मूल्यबारे जानकारी

सेकेण्ड ह्याण्ड मोटरसाइकल तथा स्कुटर किन्दा सुरुवातमा यसको मूल्यबारे थाहा पाउनुपर्छ । आफ्नो आवश्यकता र क्षमता हेरेर साधन किन्नुपर्छ । निजी बिक्रेताले डिलरको तुलनामा कम मूल्य राखेका हुन्छन्, तर यसबारे क्रेताले थाहा पाउनुपर्छ ।

बिक्रेताले तोकेको मूल्यअनुसार बाइकको कन्डिसन ठीक भए नभएकोबारे बुझ्नुपर्छ । यसका साथै तपाईंले किनिरहनुभएको सेकेण्ड ह्याण्ड बाइक तथा स्कुटरको नयाँ स्वरुपको मूल्यबारे पनि जानकारी लिदनुपर्छ । यसो गर्दा ठगिनबाट जोगिन सकिन्छ ।

मोटरसाइकल तथा स्कुटरको लट, मोडल तथा इन्जिन हेरेर मूल्य निर्धारण गरिन्छ । रिकन्डिसन हाउसले किन्दा र बिक्री गर्दा यी तीन कुरा हरेर मूल्य निर्धारण गर्ने गर्छ ।

इन्जिन जाँच गर्ने

मोटरसाइकल किन्दा इन्जिन ठीक रहे नरहेको राम्ररी हेर्नुपर्छ । जुनसुकै कम्पनीको बाइक भएपनि इन्जिन सबैभन्दा महत्वपूर्ण कुरा हो । यसका साथै कति सीसीको बाइकले कति माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ ।

लट र मोडल हेर्ने

मोटरसाइकल वा स्कुटर किन्दा लट र मोडलमा ध्यान दिनुपर्छ । यसका साथै सवारी साधनको विशेषतामा ध्यान दिनुपर्छ । कम्पनीले तोकअनुसारको मोबिल भए नभएको हेर्दा पनि बाइकको कन्डिसन थाहा हुन्छ ।

बाइक तथा स्कुटरले धुँवा फाल्छ भने त्यसबारे ग्राहकले ध्यान दिनुपर्छ । बाइक तथा स्कुटरले कालो र निलो गरी दुई प्रकारको धुँवा फाल्छ ।

पेट्रोल बढी खाने बाइक तथा स्कुटरले कालो धुँवा फाल्छ भने इन्जिनमा खराबी छ भने निलो धुँवा फाल्छ । निलो धुवा फाल्ने बाइकको इन्जिनमा समस्या हुन्छ जसलाई बनाउनैपर्छ । त्यसैले इन्जिनबारे सचेत हुनुपर्छ ।

सम्झौतापत्र बनाउने

सेकेण्ड ह्याण्ड बाइक किन्दा बिक्रेता र क्रेताबीच सम्झौतापत्र पनि बनाउनुपर्छ । सेकेण्ड ह्याण्ड सवारी साधनको वारेन्टी नहुने भएकाले राम्ररी यान्त्रिक परीक्षण गरेर मात्रै लिनुपर्छ । क्रेतालाई सबै जानकारी नहुने भएकाले बाइक किन्दा मेकानिक तथा चिनेजानेको बिक्रेताबाट मात्रै लिनुपर्छ । यसो गर्दा भविष्यमा आउने संकटबाट दुवै पक्ष जोगिन्छन् ।

बीमा
मोटरसाइकल तथा स्कुटरमा दुई किसिमको बीमा हुन्छ । जसमा पूर्ण र थर्ड पार्टी बीमा छन् ।

पूर्ण बीमामा बाइक तथा स्कुटर दुर्घटनामा परेमा, आगो लागेमा तथा हराएर बीमा हुन्छ । थर्ड पाटी बीमामा पहिला कसैलाई ठोकेमा त्यसको उपचार खर्चवापत दुई लाख र मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्ने व्यवस्था थियो । तर अहिले बाइक तथा स्कुटर पछाडि बसेको व्यक्तिको समेत उपचार खर्च व्यहोर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

तर थर्ड पाटी बीमामा बाइकले अरुलाई हानेमा यो क्षतिपूर्ति दिने व्यवस्था छ । बाइक हरायो भने त्यो लागु हुँदैन ।

टेस्ट ड्राइभ

टेस्ट ड्राइभ बाइक तथा स्कुटर छान्ने सबैभन्दा राम्रो तरीका हो । बाइक चलाएर हेर्दा त्यसमा भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका