इटहरीमा बम विष्फोट,विष्फोटमा परी दुई जना घाइते • Nepal's Trusted Digital Newspaperइटहरीमा बम विष्फोट,विष्फोटमा परी दुई जना घाइते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इटहरीमा बम विष्फोट,विष्फोटमा परी दुई जना घाइते

इटहरीमा बम विष्फोट,विष्फोटमा परी दुई जना घाइते

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
इटहरीमा बम विष्फोट,विष्फोटमा परी दुई जना घाइते

विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

उहाँका अनुसार रविन थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका रविन थापाको विराटनरआँखा अस्पताल र शेरजंग गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।

‘विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए ।’ विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताउनुभयाे ।

संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत-चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो । सोही परिषद्ले झापाको बिर्तामोड रदमकमा बम आतंक सिर्जना गरेको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका