राप्रपा पोखरा महानगरपालिका वडा १४ को संयोजकमा अमृत कार्की • Nepal's Trusted Digital Newspaperराप्रपा पोखरा महानगरपालिका वडा १४ को संयोजकमा अमृत कार्की • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा पोखरा महानगरपालिका वडा १४ को संयोजकमा अमृत कार्की

राप्रपा पोखरा महानगरपालिका वडा १४ को संयोजकमा अमृत कार्की

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
राप्रपा पोखरा महानगरपालिका वडा १४ को संयोजकमा अमृत कार्की

पोखरा । स्थानिय निकायको निर्वाचन मिति नजिकिंदै जाँदा यतिखेर विभिन्न राजनीतिक दलहरु आ–आफ्नों संगठन सुधार तथा विस्तारमा लागेका छन् । उनीहरुले केन्द्रदेखि प्रदेश, जिल्ला तथा वडास्तरसम्म पनि आफ्नों संगठन विस्तारमा जुटेका हुन् । यसै क्रममा पोखरा महानगरपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टीकाे वडा नम्बर १४ मा पार्टी इकाई कमिटि गठन भएको छ । अमृत कार्कीको संयोजकत्वमा उक्त कमिटि गठन गरिएको हो । कमिटिमा श्याम सिकेलाई मनोनित गरिएको संयोजक कार्कीले बताउनुभयो ।

वडामा वसोवास गर्दै आएका तथा आफुतर्फ झुकाव राख्नेहरुलाई पार्टी प्रवेशदेखि सदस्यता बृद्धिमा जोड दिइने नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

मंगलबार वडा कमिटि विस्तार गरिने कार्कीको भनाई रहेको छ । ७ सदस्यि कमिटिमा दुई महिला सदस्यलाई पनि समेटिने उहाँले बताउनुभयो । राजेन्द्र लिङदेन पार्टीको अध्यक्षमा निर्वाचित भएपछि कार्यकर्ताहरुमा थप जोस जाँगर बढेको कार्कीको भनाई छ । हिन्दु राज्य, राजतन्त्रलाई मूल मन्त्र मान्दै आएको राप्रपा पार्टीमा जनलहर बढ्नै गएको पनि उहाँले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका