काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गर्नुभएकाे छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उहाँले केन्द्रबाट गठबन्धन लाद्ने प्रयास नगर्न भन्नुभएकाे छ । ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ?’ केन्द्रीय समिति बैठकमा उहाँले भन्नुभयाे, ‘गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिलो तलैबाट पार्टीभित्र एकता र सहकार्य गरौं ।’
मंसिरमा भएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित हुनुभएका कोइरालाले माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उहाँले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभएकाे छ ।