काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय १९ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार २५४ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ९७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ६ हजार ३ सय ९ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।