सुचना प्रविधिमा याे साता:ह्वाट्सप प्रयोगकाे आकर्षण देखी गुगलकाे नयाँ तथा उपयोगी फिचर सम्म • Nepal's Trusted Digital Newspaperसुचना प्रविधिमा याे साता:ह्वाट्सप प्रयोगकाे आकर्षण देखी गुगलकाे नयाँ तथा उपयोगी फिचर सम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुचना प्रविधिमा याे साता:ह्वाट्सप प्रयोगकाे आकर्षण देखी गुगलकाे नयाँ तथा उपयोगी फिचर सम्म

सुचना प्रविधिमा याे साता:ह्वाट्सप प्रयोगकाे आकर्षण देखी गुगलकाे नयाँ तथा उपयोगी फिचर सम्म

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १५, २०७८
सुचना प्रविधिमा याे साता:ह्वाट्सप प्रयोगकाे आकर्षण देखी गुगलकाे नयाँ तथा उपयोगी फिचर सम्म

whatup

लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सपको प्रयोग संसारका करोडौं मानिसहरूले गर्ने गर्दछन् । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुलाई आकर्षण बनाइराख्नका लागि नयाँ फिचरहरू थपिरहेको हुन्छ ।

प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाका लागि निकै संवेदनशील रहेको ह्वाट्सएपका प्रयोगका सख्त सर्त तथा नियमहरू तय गरेको हुन्छ । ह्वाट्सएपबाट गलत जानकारी तथा फेक न्यूजहरूको प्रसार रोक्नका लागि ह्वाट्सएपले कडा नियमहरू अख्तियार गर्ने गरेको छ ।

गलत काम गर्नेहरूलाई पक्रिनका लागि ह्वाट्सएपले आफ्नो प्रयोगकर्ताहरूलाई रिपोट गर्ने मौका दिन्छ र प्रयोगकर्ताहरूलाई नक्कली समाचार तथा स्पाम मेसेजका बारेमा सचेत गराउने उपाय पनि बताउँदछ ।

अर्थात् जो मानिसहरू यस्ता खालका काम ह्वाट्सएपमा गर्दछन् ह्वाट्सएपले त्यस्ता प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट सिधै बन्द गरिदिन्छ । त्यसैले आफ्नो ह्वाट्सएप अकाउन्टबाट अन्जानमा पनि यस्ता गलत गतिविधि नहोउन् भनेर सचेत हुनुपर्दछ ।

आफ्नो ह्वाट्सएप अकाउन्टबाट यी गतिविधि हुन नदिन सचेत हुनुहोस् :

· तपाईंले स्पामका लागि कहिल्यैपनि ह्वाट्सएपको प्रयोग नगर्नुहोस् । स्पामको अर्थ मेसेज पठाउनका लागि ब्रोडकास्टिङ सूची बनाउनु वा ग्रुप बनाउनु हो ।

· विभिन्न ग्रुपहरूमा फेक न्यूज फैलाउनबाट बच्नुहोस् ।

· एन्ड्रोइड स्मार्टफोनमा APK फाइलको रुपमा मालवेयर तथा फिसिङ लिंक पठाउने काम नगर्नुहोस् ।

· यदि तपाईंले कसैका लागि ह्वाट्सएप अकाउन्ट बनाउनु भएको छ वा अरु कसैको नामको अकाउन्ट चलाउनु भएको छ अनि ह्वाट्सएपलाई त्यस्तो तथ्य थाहा भयो भने पनि तपाईंको ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित हुनसक्दछ ।

· WhatsApp Delta, GBWhatsApp, WhatsApp Plus जस्ता थर्ड पार्टीका ह्वाट्सएप एपको प्रयोग गर्नाले तपाईंको सक्कली ह्वाट्सएप अकाउन्ट सधैका लागि बन्द हुनसक्दछ । किनकि प्रयोगकर्ताको प्राइभेसीसँग सम्बन्धित संवेदनशीलताका कारण यस्ता एपमा कुरा गर्ने अनुमति ह्वाट्सएपले दिँदैन ।

· यदि कुनै अकाउन्टविरुद्ध धेरै मानिसले रिपोर्ट गरेभने वा गुनासो गरे भने पनि ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित हुनसक्दछ ।

· ह्वाट्सएपमा कसैलाई अवैध, अश्लील, मानहानी हुने, धम्की दिने, त्रसित बनाउने, दु:ख दिने, घृणा फैलाउने जस्तो म्यासेज पठाउनु हुँदैन । साथै ह्वाट्सएपबाट पोर्न भिडियोका क्लिपहरू पनि पठाउनु हुँदैन ।

 

google

सर्च इन्जिन गुगलले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एउटा नयाँ तथा उपयोगी फिचर ल्याएको छ । उक्त फिचर अनुसार अब एन्ड्रोइड स्मार्टफोन प्रयोगकताले पछिल्लो १५ मिनेटको गुगल सर्च हिस्ट्रीलाई समेत डिलिट गर्न सक्नेछन् ।

गुगलले हाल यो फिचरलाई परीक्षणका रुपमा सुरु गरेको छ । आफ्नो फोनमा यो फिचर भए नभएको पत्ता लगाउनका लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल एप खोलेर प्रोफाइल पिक्चर आइकनमा थिच्नुपर्दछ ।

त्यसपछि अकाउन्ट सेटिंग्सको पेज खुल्दछ । जसमा एक नयाँ अप्सन देखिन्छ जसमा लेखिएकोहुन्छ कि तपाईंले पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सक्नुहुनछ ।  गुगलले गत जुलाईमै आइफोन प्रयोगकर्ताका लागि यो फिचर ल्याएको थियो ।

सबै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई समेत आगामी केही हप्तामै यो फिचर उपलब्ध हुने बताइएको छ । डिफल्ट गुगल सर्च एपमा मात्रै यो फिचर प्रयोग गर्न सकिनेछ । गुगलले यो फिचरलाई डेस्कटपमा पनि सुरु गर्ने नगर्ने बारेमा केही बताएको छैन ।

गुगलले आगामी मे ११ र १२ मा आफ्नो वार्षिक डेभलपर सम्मेलनको आयोजना गर्दैछ । त्यही क्रममा १५ मिनेटको हिस्ट्री डिलिट गर्न सकिने फिचरसँगै अन्य हार्डवेयर तथा सफ्टवेयरहरु समेत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका