काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जानुहुने भएकाे छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको पुष्टि गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री देउवा २० चैतमा नेपाल फर्किनुहुनेछ । उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग भने १९ चैतमा भेट्ने कार्यक्रम रहेकाे छ ।
प्रधानमन्त्रीसँगै उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।