‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर • Nepal's Trusted Digital Newspaper‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर

‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर

काठमाडौँ । ‘द भ्वाइस किड्स’ विजेता जेनिस उप्रेतीको स्वर रहेको गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । कीर्तिमानी गीतकार डा. डीआर
उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा संगीत संयोजन पनि संगीतकार गिरीकै रहेकाे छ ।

शास्त्रिय गीतको रुपमा प्रस्तुत यो गीत जेनिसले निकै राम्रो तरिकाले गाउनुभएकाे छ । गीतको भिडियो पनि स्टुडियोमै छायांकन भएको छ । भिडियोमा गायक जेनिस, गीतकार उपाध्याय लगायत देखिनुभएकाे छ ।

गीत संगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड राख्न सफल उहाँले २५ एल्बमका सयौँ गीत सार्वजनिक गरिसक्नुभएकाे छ । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’ लगायत करिब दुई दर्जन बढी उपन्यास आएका छन् ।  गीतकार डिआर छिट्टै १०८ विश्व रेकर्ड राख्ने तयारीमा छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका