काठमान्डाैँ । आज सुनको मूल्य ताेलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ताेलामा चार सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन मूल्य प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, हिजो प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाखमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानाएको छ।
त्यसैगरी आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।