लोकतान्त्रिक समाजवादी पार्टी लाई सरकारमा ल्याउने तयारी • Nepal's Trusted Digital Newspaperलोकतान्त्रिक समाजवादी पार्टी लाई सरकारमा ल्याउने तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लोकतान्त्रिक समाजवादी पार्टी लाई सरकारमा ल्याउने तयारी

लोकतान्त्रिक समाजवादी पार्टी लाई सरकारमा ल्याउने तयारी

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
लोकतान्त्रिक समाजवादी पार्टी लाई सरकारमा ल्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थाल्नुभएकाे छ। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थाल्नुभएकाे हाे। यसबीच उहाँहरुबीच निरन्तर संवाद समेत भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। ‘प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा. सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर संवाद गरिरहेको बताउनुभयाे। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उहाँले बताउनुभयाे। ‘हो, सरकारमा सहभागी हुनेबारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच संवाद भइरहेको छ। अध्यक्षजीले प्रधानमन्त्रीजीसँग नागरिकता विधेयक, राजबन्दी रिहाई, नेता-कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्तालगायत सर्तअरु अगाडि सार्नुभएको छ,’ सुरेन्द्र झाले भन्नुभयाे।

सरकारमा सहभागी हुनुअघि लोसपाले केन्द्रीय कार्यकारिणी बैठकसमेत डाकेको छ। चैत १६ गते बस्ने बैठकमा सरकारमा सहभागी हुनेबारे निर्णय हुनसक्ने बताइएको छ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका