काठमाडौं । लाखौँ नेपाली युवा पुस्ताको आवाज समेटिएको गीत ‘देश विकास’ सार्वजनिक भएको छ । व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ।
र्याप शैलीको यस गीतमा गायक रिवाज सिंह सुनारको स्वर, शब्द र संगीतमा रहेको छ। यस गीतको भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड रहकाे छ। सम्भव सुवेदीले भिडियोलाई छायाँकन र सम्पादन गर्नुभएकाे हाे।
कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक सुनारको च्यानल रिवाज सिंह सुनारु मार्फत भिडियो सार्वजनिक भएको हो। यो गीतले सबै युवालाई जागरूक भएर यसै पुस्तामा देश बनाउन आव्हान समेत गरेको छ।
