व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaperव्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी गण्डकी प्रदेशको आयोजनामा आइतबार व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित व्यवसायीले कोविड पछीको समय बैंकहरुले कर्जा दिन आनाकानी गरेको भन्दै गुनासो व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमीका केन्द्रिय अध्यक्ष रोशनी उपाध्यायले अहिले धेरथोर लगानी गरेर उद्यमशील बन्दै गएको बताउनुभयो ।

उहाँले उद्यममा केही समस्या भएकाले अव समस्या समाधान गर्न पनि अग्रसर हुन आग्रह गर्नुभयो । उपाध्यायले कुनै व्यवसायीको गुनासो पछि बैंकहरुले बिना धितो कुनैपनि क्षेत्रमा कर्जा उपलब्ध गराउन नसक्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो, आफ्नो घरमा त कुनैपनि कुनै कामकाजमा कारोवार हुदाँ स्पष्टीकरण दिन पर्छ भने यो त सरकारी कामकाज भएकाले विना आधार उद्योग व्यवसाय गर्न नदिने बताउनु भयोे ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव भक्त भण्डारीले कोविडका कारण नेपालमा व्यवसायी उद्यमीहरुलाई प्रत्यक्ष असर परेकाले सहयोग गर्ने र व्यवसायलाई कसरी चलायमान गराउने भन्ने कार्यविधि निर्माण भएको बताउनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी कास्कीका अध्यक्ष चिनु गुरुङले व्यवसायका लागि प्रदेश सरकारबाट भएको सुचना प्रवाह गर्न सामाजिक सञ्जालले आफुहरुलाई फाइदा पुर्याएको बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र नेपाल राष्ट्र बैंक पोखराले सहजीकरण गरेका थिए ।

277256892 521783612671673 3380879327609206235 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका