पोखरा वडा नम्बर २५ र २६ मा अटेरी उम्मेदवारको उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaperपोखरा वडा नम्बर २५ र २६ मा अटेरी उम्मेदवारको उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा वडा नम्बर २५ र २६ मा अटेरी उम्मेदवारको उम्मेदवारी घोषणा

पोखरा वडा नम्बर २५ र २६ मा अटेरी उम्मेदवारको उम्मेदवारी घोषणा

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
पोखरा वडा नम्बर २५ र २६ मा अटेरी उम्मेदवारको उम्मेदवारी घोषणा

पोखरा । देशव्यापी बन्दै गएको अटेरी अभियानमा उम्मेदवार थपिने क्रम जारी छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको यो अभियानमा
पोखराका थप दुई वडामा उम्मेदवार थपिएका छन् ।

पोखरा महानगरको वडा नम्बर २५ र वडा नम्बर २६ मा अटेरी उम्मेदवार थपिएका हुन् । वडा नम्बर २५ मा सोमनाथ अधिकारी र वडा नम्बर २६ मा नवीन ढुंगानाले उम्मेदवारी सार्वजनिक गर्नुभएकाे हाे । ‘अटेरी उम्मेदवारी दिने साथीहरु थपिँदै हुनुहुन्छ । पोखराको २५ र २६ नम्बर वडामा दुई जना साथीहरुले उम्मेदवारी दिनुभएको छ,’ अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भन्नुभयाे ।

पोखराबाट गनेस पौडेलले सुरु गरेको यो अभियानमा अहिले देशका विभिन्न भागबाट अटेरी उम्मेदवारी दिनेको संख्या थपिँदै छ । पोखराबाट यस अभियानमा जोडिने अभियन्ताहरुले १९ गते पत्रकार सम्मेलन गरेर आफ्ना योजना सार्वजनिक गर्दै छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका