चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग, प्रताप र दीपाको स्वर • Nepal's Trusted Digital Newspaperचलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग, प्रताप र दीपाको स्वर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग, प्रताप र दीपाको स्वर

चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग, प्रताप र दीपाको स्वर

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग, प्रताप र दीपाको स्वर

काठमाडौं। चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ । ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेख्नुभएकाे हाे। गीतको एरेन्ज शिवराम रसाइलीले गर्नुभएकाे हाे । माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राबिधिक टिम छनोट कार्य भई रहेको निर्देशक सुवेदीले बताउनुभयाे । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गर्नुभयाे । चलचित्रको वितरण आर आर फिल्मसले गर्नेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका