स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ? • Nepal's Trusted Digital Newspaperस्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ?

स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ?

  • समाचारपाटी
  • सोमवार, चैत्र १४, २०७८
स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ?

निर्वाचन आयोगकाअनुसार स्थानीय तह निर्वाचनका लागि योग्य मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ छ । प्रदेशगत रूपमा प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।

त्यस्तै मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेका छन् । त्यस्तै वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेका छन् । जुहाँ सबैभन्दा धेरै मतदाता रहेको आयोगले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ मतदाता रहेका छन् । उता, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ मतदाता छन् ।

त्यस्तै कर्णाली प्रदेशबाट निर्वाचनमा १० लाख १ हजार २८२ मतदाताले चुनावमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेको आयोगले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका