धुब्र र सहिमाको ‘पियारी’मा चर्चित नायिका सुरबीनाको अभिनय • Nepal's Trusted Digital Newspaperधुब्र र सहिमाको ‘पियारी’मा चर्चित नायिका सुरबीनाको अभिनय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धुब्र र सहिमाको ‘पियारी’मा चर्चित नायिका सुरबीनाको अभिनय

धुब्र र सहिमाको ‘पियारी’मा चर्चित नायिका सुरबीनाको अभिनय

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
धुब्र र सहिमाको ‘पियारी’मा चर्चित नायिका सुरबीनाको अभिनय

काठमाडौँ । युवा पुस्तामा लोकप्रिय गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । ‘पियारी’ बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि ध्यान केन्द्रित गर्दछ । नेपालमा बेरोजगारको समस्याको कारणले बाध्यताले प्रदेशिनुको पिडालाई गितमार्फत देखाउन खोजिएको छ ।

गीतको भिडियोमा नायिका सुरबीना कार्कीले निकै अब्बल प्रस्तुती दिनुभएकाे छ । नायिका कार्कीसँगै भिडियो रमेशचन्द शोडारीको पनि अभिनय देख्न सकिन्छ । उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।

गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उहाँका हिट नंम्बर मानिन्छन् ।

भर्खरै बजारमा आएको उहाँको पछिल्लो गित “पियारी” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो । गितमा लय,शव्द तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उहाँलाई गायिका सहिमा श्रेष्ठले आफ्नो सुमधुर स्वर मार्फत साथ दिनुभएकाे छ ।

‘पियारी’ गीतको भिडियोलाई सविर श्रेष्ठले निर्देशन गर्नुभएकाे हाे ईश्वर सिन्केमनाको छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गर्नुभएकाे हाे । कलर रेनिश फागोको छ । गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका