२३ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper२३ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २३ जनामा कोरोना संक्रमण पुष्टि

२३ जनामा कोरोना संक्रमण पुष्टि

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टीजेन परीक्षण गर्दा  ८ जना गरी  २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१५ जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार ५५८ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ६९१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार २२२ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका