आर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट • Nepal's Trusted Digital Newspaperआर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट

आर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
आर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट

काठमाडौं। आर्टिस्टनेपालले संचालनको १२ औं बर्षको उपलक्ष्यमा कलाकार आफैले आफ्नो प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट सार्व जनिक गरेको छ। सन् २०१० मा कलाकारको जीवनी संग्रह गर्न सुरु भएको यस artistnepal साईटमा गएर बिभिन्न विधाका कलाकारहरुले आफ्नो प्रोफ़ाईल, फोटो, भिडियो, अवार्ड लगायत सम्पूर्ण जानकारीहरु आफैले आफ्नो नामको पेज रजिस्टर गरि अपडेट गर्न सक्नेछन।

मिडिया, संचारकर्ममा आबद्ध भई पहिचान बनाएका संचारकर्मी, रेडियोकर्मी तथा टेलिभिजनकर्मीहरुले पनि मिडिया पर्सनालिटीको रुपमा आर्टिस्टनेपाल मार्फत पृष्ठ बनाउन सक्नेछन।

यस वेब मार्फत गीत संगीत चलचित्र, बाध्यवादन, मोडलिङ्गसँग सम्बन्धित सबै बिधाका सम्पूर्ण कलाकार, संचारकर्मी लागायत सबैले आफ्नो पृष्ठ सृजना गरेर आफैले भर्न सकिने सँस्थाका निर्देशक नव ढुङ्गेलले जानकारी दिनुभयाे। अब हरेक कलाकारको आफ्नै छुट्टै वेबपेज हुने र यसको लागि छुट्टै डोमेन लिनु नपर्ने भन्दै उहाँले भन्नुभयाे “आर्टिस्टनेपाल विश्वभर फैलिएको नेपाली कलाकारहरूको समुदाय हो, जहाँ नयाँ पुराना सबै कलाकारहरू आँफैले आफ्नो प्रोफाइल र जानकारी सङ्ग्रह गर्न सक्नेछन् र यसको लागि आह्वान पनि गर्दछौ।”

यसका साथै पछिल्लो समयको माग अनुरुप कलाकारहरूले सम्मानित पेशालाई थप जिम्मेवार, एकताबद्ध बनाउन र बिगतको कामहरु हेरेर उत्कृष्ट कलाकारहरूसँग व्यवसायिक प्रयोजनको लागि विश्वव्यापी रूपमा लगानी गर्न वा काम गर्नका लागि यो वेबसाईटले सहयोग पुग्ने ढुंगेलले बताउनुभयाे।

अझै धेरै अत्यावश्यक फिचर्सहरु थपिने क्रममा रहेको यस आर्टिस्टनेपालमा धेरै कलाकारहरुले आँफैले प्रोजाईल सृजना गरिसक्नुभएकाे छ  भने केहि कलाकारलाई आर्टिस्टनेपाल आफैले खाता खोलेर सम्मान स्वरुप प्रोफ़ाईल हस्तान्तरण गर्ने तयारी गर्दैछ।

कलाकार तथा कलासँग सम्बन्धित सबैलाई प्रवर्द्धन गर्न, एक आपसमा चिनाउन, एकताबद्द गर्नका लागि समर्पित यो वेबसाईट मार्फत उनीहरू असंख्य शुभचिन्तकहरु माझ पुग्न सक्ने, कलाकारहरूको डाइरेक्टरीको रुपमा पर्योग गर्न सकिने आर्टिस्ट नेपालका संस्थापक निर्देशक नव ढुङ्गेलले बताउनुभयाे ।

 

artistnepal.com artist login website scaled

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका