गंगा चौधरी रुनुको वास्तविकता • Nepal's Trusted Digital Newspaperगंगा चौधरी रुनुको वास्तविकता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गंगा चौधरी रुनुको वास्तविकता

गंगा चौधरी रुनुको वास्तविकता

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
गंगा चौधरी रुनुको वास्तविकता

 

हालसालै फेसबुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा यतिबेला प्रतिनिधि सभाकी एमाले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । भिडियोको पृष्ठभूमि हेर्दा दुई महिला सावेलले गिटी बालुवा खनिरहेको देखिन्छन् ।

सांसद चौधरीले उक्त भिडियोमा भनेकी छिन् – ‘दिदीबहिनीहरुको यस्तो अवस्था देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भएपछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाकको ‘इफेक्ट’ हालेको छ, जुन भिडियो उनले चुनावका लागि रोएर नाटक गरेको भन्दै भाइरल बनाइएको छ ।
सामाजिक सञ्जालहरुमा कतिपयले उनलाई चुनाव आउन लागेकोले नाटक गरेको भनेर हँस्सीमजाक गरेका छन् । कतिपयले अभिनय कलामा अब्बल रहेको समेत टिप्पणी गरेका छन् । तर सांसद चौधरीको पछाडिको दृश्यमा देखिएका दुई महिलासँग उनको जीवनका धेरै सुख दुःख र अनेक पीडाहरु गाँसिएका छन् ।

खासमा उनीहरु अरु कोही अपरिचित महिला नभई एउटै गर्भबाट जन्मिएका दिदी बहिनी हुन् । पार्टीको कामको सिलसिलमा हालै धनगढी पुगेका बेला उनले आफ्नै माइली दिदी र कान्छी बहिनीलाई निर्माण मजदुरको रुपमा काम गर्दै गरेको अवस्थामा भेटिन । दिदी बहिनीलाई कार्यक्रम स्थलमा बोलाएर कुरा गर्न नपाएपछि उनी आफै उनीहरुले गरिरहेको स्थलमा पुगेकी थिइन् । दिदी बहिनीले विगतदेखि हालसम्म जीवनमा पाएका दुःखहरु सम्झेर उनी भावुक भएकी थिइन् ।

उनीहरुसँग छुट्टिने बेला सेल्फी फोटो खिच्दा भिडियो खिचिएको र असावधानीका कारण टिकटकमा अपलोड हुँदा त्यसलाई बिगारेर आफ्नो मजाक उडाइएको भन्दै उनले गुनासो गरिन्
सांसद चौधरी के भन्छिन् ?
उनीहरु मेरा आफ्नै दिदी बहिनी हुन् । मेरी जेठी दिदीपनि गाउँमै हुनुहुन्छ ।

भिडियोमा देखिएकी एकजना मेरी माइली दिदी फूलकुमारी चौधरी हुन अर्की कान्छी बहिनी हिरादेवी चौधरी हुन् । म साइँली हुँ ।

उनीहरुका आफ्ना धेरै पीडाहरु छन् । म पार्टीको महिला संगठनको कार्यक्रमका लागि धनगढी पुगेपछि बहिनीलाई फोन गरेँ । बहिनीले हामी काम गरिरहेका छौँ दिदी भनिन् । उनीहरुलाई काम छोडेर आउ भन्दा उनीहरुको कामको ज्याला कट्टी हुन्छ । त्यसैले काम गरेकै ठाउँमा उनीहरुलाई भेट्न गएँ ।

धनगढीमा सहकारीको भवन बनाउने ठाउँमा उनीहरु खाल्टो खनिरहेका थिए । मैले छुट्टिने बेलामा सेल्फी लिन लागेको थिएँ । भिडियो बनेछ । त्यो बेला मेरा दिदी बहिनीले दुःख सम्झिँदा आफूलाई थाम्न सकिन । मेरी माइली दिदीलाई उनका श्रीमानले छोडेर अलपत्र पारेर गए । उनको आफ्नै पीडा छ । अर्को कान्छी बहिनीको पनि श्रीमानले सौता हालेको छ । केही सम्पत्ति नभएकी बहिनीलाई अंश मुद्धा पनि हालेको छ । ज्याला मजदुरी गरेर तीनजना छोराछोरी पालिरहेकी छिन् । यस्तो अवस्था देख्दा हरेक आमाको, हरेक दिदी बहिनीको आँखामा आँशु आउँछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका