काठमान्डाैँ । गायक आर एन गुरुङको स्वरमा रहेको ‘सस्तो माया’ गीतको भिडियो सार्वजनिक भएकाे छ । गीत देव क्रियसन मार्फत सार्वजनिक भएको छ ।
प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ । देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह, महेश रञ्जन लगायतको अभियन रहेको छ ।