काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ यी शीतल निवासमा पुग्नुभएकाे थियाे ।
विदेशमन्त्री वाङले स्वदेश फर्किनुअघि आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैहुनुहुन्छ ।
चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।