अटेरी अभियानको चुनाव लक्षित छलफल • Nepal's Trusted Digital Newspaperअटेरी अभियानको चुनाव लक्षित छलफल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अटेरी अभियानको चुनाव लक्षित छलफल

अटेरी अभियानको चुनाव लक्षित छलफल

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
अटेरी अभियानको चुनाव लक्षित छलफल

पोखरा । अटेरी अभियानले पोखरामा चुनाव लक्षित छलफल गरेको छ । विभिन्न क्षेत्र, वर्गका अभियन्तासँग भेटेर अभियान्ताहरुले छलफल गर्नुभएकाे हाे ।

छलफलमा घोषणापत्रमा भएका मुलभुत विषयबारे सारांश साथै उम्मेद्वारहरुको आंचारसंहिता जारी पनि गरिएको छ । अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार आगामी कार्यक्रम कस्तो गर्नेबारे छलफल गरिएको हो ।

‘हाम्रो आगामी कार्यक्रम कस्तो हुने भन्ने बारेमा नै छलफल गर्यौ । उम्मेद्वार, अभियान आंचारसंहिता र घोषणापत्रमा जारी भएका मुलभुत विषयबारे पनि सारांशमा छलफल सम्पन्न भयो,’ उहाँले भन्नुभयाे ।

यो अभियानले जनतासामु पुगेर अभियानबारे छलफल गर्ने र आफ्ना योजना बुझाउनेबारेमा पनि छलफल गरि रहेको छ । आउँदो १९ गते स्वतन्त्र उम्मेदवारहरुको पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उहाँले सुनाउनुभयाे । अहिले अटेरी अभियान घर टोलमा पुग्ने कार्यक्रम भई रहेको छ ।

ateri 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका