पोखरा । नेपाली कांग्रेस कास्की एक चुनाव लक्षित छलफलमा जुटेको छ । शनिबार पोखरा २८ डाँडा गाउँमा नागरिकसँग कांग्रेस संवाद कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले जनताका सारा समस्या नजिकबाट बुझेको बताउनुभयाे । कांग्रेसले आफूले पूरा गर्न सक्ने बाँचा मात्र गर्ने उहाँको भनाई थियो । ‘कांग्रेसले पूरा गर्न सक्ने बाँचा मात्रै गर्छ । त्यो भन्दा बढी गर्दैन,’ उहाँले भन्नुभयाे ।
डाँडा गाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएकोमा उहाँले दुख प्रकट गर्नुभयाे । ‘कांग्रेसले धेरै काम गरेको छ । यहाँको सडक, पुल निर्माणको सुरुआत कांग्रेसले गरेको हो । हामीले प्रचार गरेनौं, अब प्रचार गर्नुपर्छ,’ उहाँले भन्नुभयाे ।
जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पुर्याउन आफूहरु घरदैलोमा आइ पुगेको उहाँले सुनाउनुभयाे । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उहाँको भनाई थियो । अर्को दलका नेताहरुलाई पनि जनताको समस्या सुन्नका लागि आफूहरुसँगै आएको खण्डमा पनि फरक नपर्ने उहाँले बताउनुभयाे ।
मन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताउनुभयाे । कांग्रेस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उहाँले सुनाउनुभयाे । ‘यो कुरा बोलीमा मात्रै होइन । कसैले बोलीमा मात्र बोल्छ,’ उहाँले अघि सुनाउनुभयाे, ‘नेपाली कांग्रेसले जे बोल्छ । त्यो पूरा गरेर पनि छाड्छ ।’
डाँडा गाउँबासिसँग छफलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उहाँले बताउनुभयाे। ‘नेपाली कांग्रेसले लुकेर होइन, छिपेर होइन । सँगसँगै बसेर खान्छ, काम गर्छ र तपाईंहरुको समस्यासँग सँगै हुन्छ,’ उहाँले भन्नुभयाे, ‘तपाईंहरुको समस्या कांग्रेसको पनि समस्या हो ।’
कांग्रेसले समस्या सुन्ने मात्र नभई समाधानतर्फ पनि जुट्ने उहाँले सुनाउनुभयाे । उहाँले डाँडागाउँ बासिलाई आफ्नो मनमा लागेका समस्या निर्धक्क बताउन समेत अनुरोध गर्नुभयाे । उहाँले जनताका सारा समस्या सुनेर सम्बन्धित निकायसम्म पुर्याउने बाँचा समेत गर्नुभयाे ।
नेपाली कांग्रेस कास्की एकका अध्यक्ष राजेन्द्रमणी लामिछानले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताउनुभयाे । उहाँले पछाडी परेका समुदायलाई माथि ल्याउन विपीले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयाे । उहाँले कांग्रेसले नागरिकहरुलाई शिक्षा दिनेदेखि अघि बढाउनका लागि ठूलो भुमिका खेलेको बताउनुभयाे ।
यस्तै, कार्यक्रममा विकास गुरुङ, सुरजजंग राणन सरु नेपाली, प्रतापराज भण्डारी, श्रीकृष्ण लामिछाने, डाल्डादेवी भुजेल, विश्वरमण अधिकारी, कृतिराज त्रिपाठी लगायतले बोल्नुभएकाे थियाे ।
आफ्ना समस्या सुनाएका आएका डाँडा गाउँ बासिले खानेपानीको चर्को समस्या रहेको बताएका थिए । जनताका सारा समस्या सुनि रहेका नेताहरुले समस्या सम्बन्धित निकायसमक्ष पुर्याउने बाँचा गर्नुभएकाे थियाे ।
कार्यक्रममा डाँडागाउँबासिको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले आ आफ्ना समस्या सुनाएका थिए । कार्यक्रमको संयोजन गमबहादुर बिकले गर्नुभएकाे थियाे । ज्येष्ठ नागरिक गंगाराम सुनार र टिकाराम विकलाई बुद्धबहादुर दमै साइलाले नौमती बाजा दिने समेत घोषणा गर्नुभएकाे थियाे । कार्यक्रमको अध्यक्षता कास्की एक कांग्रेस सभापति राजेन्द्रमणी लामिछानले गर्नुभएकाे थियाे ।