बिटी कपकाे खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताकाे तयारी तिव्र • Nepal's Trusted Digital Newspaperबिटी कपकाे खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताकाे तयारी तिव्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिटी कपकाे खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताकाे तयारी तिव्र

बिटी कपकाे खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताकाे तयारी तिव्र

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
बिटी कपकाे खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताकाे तयारी तिव्र

पोखरा । बुद्धटोल युवक क्लबले आयोजना गर्ने १५ औं बिटी कप पाँचौं विरेन स्मृति सेभेन ए साइड खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी १८ गते देखि २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र पारिएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

प्रतियोगिताको प्रचारप्रसार संयोजक अमृत गुरुङले सो प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्ने कुरा पत्रकार सम्मेलनमा बताउनुभयाे ।

उहाँका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उहाँले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिनुभयाे ।

संयोजक गुरुङका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ ।

त्यसैगरी क्लबका अध्यक्ष विजया गुरुङले खेलकुदसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयाे । उहाँले कोरोना भाईरसको महामारीको समयमा विभिन्न स्थानमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको बताउनुभएकाे थियाे ।

सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका