जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग • Nepal's Trusted Digital Newspaperजनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग

जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग

पोखरा । अन्नपूर्ण गाउँपालिका १०÷११ मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ । जिर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गर्नुभएकाे हाे ।

रकम ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक बाबुराम सापकोटाले सहयोगको लागि धन्यवाद प्रकट गर्नुभएकाे थियाे । उहाँले विगतमा समेत घान्द्रुकबासीले उक्त विद्यालयको संरक्षणकै लागि सहयोग गर्दै आएको स्मरण गर्दै उदाहरणीय कार्य गरेको धारणा राख्नुभयाे ।

उहाँका अनुसार उक्त विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउदै आउनुभएकाे छ । यसैगरी घान्द्रुक समाज जापानका पूर्व अध्यक्ष बुद्धि गुरुङले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभएकाे थियाे । उहाँले सो विद्यालयको संरक्षणका लागि मात्र नभई सिङ्गो गाउँ विकासको लागि सबै सहयोग जुटाउने बचन दिनुभयाे । यसअघि सो
विद्यालयकै लागि घान्द्रुक समाज हङकङ, घान्द्रुक समाज बेलायत र घान्द्रुक समाज पोखरालेआर्थिक सहयोग गरिसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका