प्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperप्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

प्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
प्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमान्डाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

रातीमा भने  प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका