मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण • Nepal's Trusted Digital Newspaperमर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण

मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण

पोखरा। मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३ औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण गरेको छ ।

कास्कीका विभिन्न सरकारी विद्यालयका गरिब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई १ लाख ४० हजार छात्रवृत्तीका लागि नगद र ६ विद्यालयलाई २ लाख ४० हजार बराबरको गणितिय र सामाजिक शिक्षा सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।

शैक्षिक सामाग्री पाउने विद्यालयमा माछापुच्छ्रे मावि सार्दिखोला, निष्पक्ष मावि हुम्दी, कालिका मावि कास्कीकोट, सारदा मावि माछापुच्छ्रे, विन्देश्वरी मावि तल्लाकोट र सिर्जना सामुदायिक मावि सिम्पाली रहेका छन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नोबेल पुरस्कारका विजेत तथा वरिष्ठ साहित्यकार सरुभक्तले विद्यालयबाट लिएको शिक्षालाई बढाउदै गएर समाज र देशमा कहिल्यै नमेटिने कार्य गर्छु भन्ने उद्देश्य लिनुपर्ने बताउनुभयाे । साथै उहाँले छात्रवृत्तीमा पाईएको रकम थोरै भएपनि यसको महत्व ठुलो हुने र विद्यार्थीको प्रतिभालाई प्रदान गरिएको बताउनुभयाे । भविष्यमा थप उर्जा मिलोस् भन्नको लागि छात्रवृत्ती प्रदान गरिने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले प्रतिष्ठानको उद्देश्य भनेकै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन भन्ने रहेको बताउनुभयाे । प्रतिष्ठानले कुनै निजी स्वार्थको लागि नभई समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ती र विद्यालयलाई वार्षिकरुपमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी गिरीले दिनुभयाे । साथै उहाँले विद्यालय तथा विद्यार्थीलाई प्रतिष्ठानबाट प्राप्त सहयोगको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयाे । कुनै पनि विद्यालय वा विद्यार्थी आर्थिक अभावका कारण पढाइबाट बञ्चित छन् भने प्रतिष्ठान सदैव सहयोगका लागि तयार रहेको गिरीले बताउनुभयाे ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का अध्यक्ष बिक्रम गुरुङ, सोहीपालिका वडा नं ५ का अध्यक्ष जुमबहादुर गुरुङ, माछापुच्छ्रे मावि भुर्जुङखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङ, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरी, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा बहादुर राउत र छात्रवृत्ती पाउने विद्यार्थीको तर्फबाट अमृता लामिछानेले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माविको प्राङ्गणमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गर्नुभएकाे थियाे ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक अध्यक्ष डा राम गिरी हाल जापानमा हुनुहुन्छ। प्रतिष्ठानले पछिल्लो ३ वर्षमा शिक्षा क्षेत्रमा मात्रै १० लाख ८० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।

mardikhola

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका