काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ९ सय ५९ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१० जना कोरोनाबाट निको भएका छन् भने हाल १ हजार ७५८ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४७ हजार ७०१ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । २ हजार ६५५ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।