‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन्' :-अध्यक्ष ओली • Nepal's Trusted Digital Newspaper‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन्' :-अध्यक्ष ओली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन्’ :-अध्यक्ष ओली

‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन्’ :-अध्यक्ष ओली

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन्’ :-अध्यक्ष ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरु विजयी हुने दावी गर्नुभएकाे छ ।

एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँले दावी गर्नुभएकाे छ ।

पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उहाँले भन्नुभयाे, ‘दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गर्नुभयाे ।

‘देउवाले के बुझेका छौ, तिमीहरुले मैले ढिस्काबाट हेरेको छु, एमालेका मसल कत्रा छन् ? तिमीहरु नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्ने दुस्साहस गर्ने ? भन्ने गरेका छन् । उनले आधा सही बुझे’ ओलीले भन्नुभयाे, ‘एमालेसँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।’

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका