फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का • Nepal's Trusted Digital Newspaperफिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का

फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने भएकाे छ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिसिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा  रहनुभएकाे छ ।

कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको फिल्म अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो । निर्माण युनीटले शुक्रबार फिल्मको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मसले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा,पटकथा रहेको फिल्मको संवाद लेखनमा उहाँलाई अभिनेता शिसिर राणाले सघाउनुभएकाे छ । शिब ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिलिम्सकाे प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुनुहुन्छ ।

आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको निर्माता आदित्य बताउँनुहुन्छ । प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको बताउनुभयाे यो फिल्म सुटिङका क्रममा पूजा र आकाश बीच प्रेम झांङ्गीएको चर्चा चलेको थियो । यद्यपी, उहाँहरुबीच अहिले  सम्बन्ध सुमधुर नरहेको बताइन्छ ।

‘सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि संगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले
‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकै निकट रहेको समेत अनुमान गरेका छन् । फिल्ममा खास के छ ? त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन । ‘फिल्ममा के छ, जान्नका लागि पूरा फिल्म नै हेर्नुहोस्,’ निर्देशक निमेषले दर्शकलाई अनुरोध गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका