उत्तर प्रदेश । उत्तर प्रदेशका १५ करोड गरिब जनताले आगामी तीन महिनासम्म नि:शुल्क रासन पाउने छन्। मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो नयाँ मन्त्रिपरिषद्को पहिलो निर्णयको जानकारी दिनुभएकाे छ ।
मुख्यमन्त्री आदित्यनाथले भन्नुभयाे, ‘आजको मन्त्रिपरिषद्ले आगामी ३ महिनासम्म निःशुल्क रासन योजना लागू गर्ने निर्णय गरेको छ । यसबाट राज्यका १५ करोड जनतालाई फाइदा हुनेछ।’
मुख्यमन्त्री योगी आदित्यनाथ यो योजना मार्च २०२२ मा समाप्त हुँदै छ। यसलाई थप तीन महिना लम्ब्याउने निर्णय मन्त्रिपरिषद्ले गरेको बताउनुभयाे। यस अन्तर्गत यूपीका १५ करोड जनतालाई खाद्यान्न उपलब्ध गराइने बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘यस अन्तर्गत प्रत्येक परिवारले ५ किलो खाद्यान्न पाउँछन् । प्रदेश सरकारले प्रत्येक परिवारलाई १ केजी दाल, १ केजी प्रशोधित तेल र १ किलो आयोडिनयुक्त नुन उपलब्ध गराएको थियो । यसका साथै अन्त्योदय परिवारलाई १ किलो चिनी पनि उपलब्ध गराइएको छ । अब मन्त्रिपरिषद्ले यो योजनालाई आगामी तीन महिनासम्म लम्ब्याउने निर्णय गरेको छ ।’
बीबीसी