काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिकामा भएको विकासले अन्तर्राष्ट्रियस्तरमै नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने बताउनुभएकाे छ ।
शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमै नेपालीको परिचय फराकिलो बनाउने बताउनुभएकाे हाे ।
उहाँले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको समेत बताउनुभयाे । विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको दाबी समेत गर्नुभयाे ।
प्रधानमन्त्री देउवाले भन्नुभयाे, ‘२०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यावसायी र दाताहरूको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।”
फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्षअघि श्री निवास मल्लको पालामा निर्माण भएको हो ।