काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)सँग एकदिवसीय सिरिज खेलिरहको नेपालले पीएनजीलाई जितका लागि निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाउँदै २ सय ७८ रनको जोडेको थियो।
टस जितेर ब्याटिगं रोजेको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले १४० बल खेल्दै १०५ रन जोडनुभएकाे थियाे। त्यस्तै देव खनालले ८६ बल खेल्दै ७२ रन जोडनुभएकाे थियाे।
रोहित पौडेलले ३६ बल खेल्दै ३५ रन जोडनुभएकाे थियाे। यस्तै कप्तान सन्दिप लामिछानेले ९ बल खेल्दै २४ रन जोडनुभयाे। नेपाल हिजो पीएनजीसँग ६ रनले हारेको थियो।