मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन • Nepal's Trusted Digital Newspaperमधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन दिएका छन । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो मधेश प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले दरखास्त दिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

कार्यालयका अनुसार सप्तरीमा ९ हजार ४ सय ३४, सिरहामा ६ हजार ५  सय ७, धनुषामा ९ हजार २१, महोत्तरीमा ८ हजार ५४, सर्लाहीमा १० हजार ८ सय ५१, रौतहटमा ४ हजार ४ सय ८४, बारामा ११ हजार २ सय ६७ र पर्सामा ६ हजार २ सय १ जनाले आवेदन दिएका छन् ।

सप्तरीमा ३ हजार  १ सय  ३९, सिरहामा २ हजार ३ सय  ३१, धनुषामा ३ हजार ४ सय  ८६, महोत्तरीमा २ हजार ७ सय ३७, सर्लाहीमा ३ हजार ८८, रौतहटमा २ हजार ५ सय ८९, बारामा २ हजार ५ सय २८ र पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरीको माग गरिएको प्रदेश प्रहरी प्रबक्ता एसपी तुलबहादुर कार्कीले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका