काठमाडौँ । लोकप्रिय गायिका आनि छोइगं डोल्माको स्वरमा रहेको ”जय होस् तिम्रो”को कभर गीत गायिका श्रीषा कुँवरको स्वरमा पनि तयार भएको छ । मोडल समेत रहेकी गायिका कुँवरको स्वरमा सजिएको कभर गीतको भिडियो मंगलबार रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्मण यूनिटले जनाएको छ ।
भिडियोमा बंगलादेशकी अभिनेत्री अर्निका मरकको सशक्त अभिनय देख्न सकिन्छ । गायक तथा संगीतकार तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो मकाउमा छायांकन गरिएको हो । बंगलादेशकी अभिनेत्रीले हिन्दु धर्ममा आस्था राखेर भगवानको महिमा आँफुले गाउन तयार भएसँगै ”जय होस्” मा उहाँ काम गर्न तयार भएको निर्देशक तुलाले बताउनुभयाे ।
विदेशी अभिनेत्रीले नेपालमा सरह नै परवासमा सारी चोलोमा सजिएर छायांकन गरिएको जय होस् मार्फत भगवानको महिमा निर्देशक तुला पर्वतकले नजिकबाट केलाउन पाउनु एउटा सुनौलो अवसर भएको बताउनुभयाे । अर्निका बंगलादेशमा टेलिफिल्म र म्यूजिक भिडियोमा जमेकी अभिनेत्री हुनुहुन्छ । भिडियोमा छायांकन , सम्पादन , कलर र डिजाइन समेत निर्देशक तुलाकै रहेको छ । भिडियो निर्देशक तुलाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।