शान्तिको ''बिरानो सहरमा'' महानायक हमालको जीवन्त अभिनय (भिडियो) • Nepal's Trusted Digital Newspaperशान्तिको ''बिरानो सहरमा'' महानायक हमालको जीवन्त अभिनय (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शान्तिको ”बिरानो सहरमा” महानायक हमालको जीवन्त अभिनय (भिडियो)

शान्तिको ”बिरानो सहरमा” महानायक हमालको जीवन्त अभिनय (भिडियो)

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
शान्तिको ”बिरानो सहरमा” महानायक हमालको जीवन्त अभिनय (भिडियो)

काठमान्डाैँ । शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट गीत ‘बिरानो सहरमा’ रिलिज गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रकाश मिश्रले गीत को मिक्सिङ्ग तथा मास्टरिङ्ग गर्नुभएकाे छ ।

प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गर्नुभएकाे हाे । भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गर्नुभएकाे छ ।

गीतकार शान्ति शर्माको यस अघि नै ‘अम्लान फूलु गजल सङ्ग्रह , बार्दलीमा जूनु मुक्तक सङ्ग्रह लगायतका कृतीहरू पाठकहरूले मन पराइसकेका छन् ।

aaaa

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका