काठमान्डाैँ । कृष्ण गुरुङ काइदाको स्वरमा “न जोखिने माया” गीतको भिडियो मेरो संसार को अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सनमान गुरुङको शब्द तथा संगीत रहेको छ ।
प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गर्नुभएकाे छ ।
भिम राज तिम्सिना र अनिल शाही ठकुरीको छायाँकन तथा सम्पादन तथा सान बहादुर गुरुङको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा गिविना मगर महेन पुनको अभिनय रहेको छ ।