
गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’ बजारमा ल्याउनुभएकाे छ। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनरसिंह विक्रम थापा)ले साथ दिनुभएकाे छ।
बुलेट फ्लोकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा संगीत बुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गर्नुभएकाे छ।
रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले नै अभियन गर्नुभएकाे छ। विवेक दुलाले खिचेको भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गर्नुभएकाे हाे।
गायिका प्रीतिले दुई साताबीचमै दोस्रो गीत सर्वाजनिक गर्नुभएकाे हाे। उहाँले दुई साताअघि ‘के को शान’ गीत आफ्नै युट्युब च्यालनबाट बजारमा ल्याउनुभएकाे थियाे।
;