पोखरा। लायन्स क्लब अफ पोखरा लेकसिटीले पाेखराको अमरसिंह उच्च माविको दृष्टिविहीन शाखामा अध्ययनरत आँखाको दृष्टि कम भएका विद्यार्थी बालबालिकाहरुको आँखा परीक्षण गरेको छ । चैत्र ११ शुक्रबार लायन्स क्लब अफ पोखरा लेकसिटीले दृष्टि कम भएका विद्यार्थी बालबालिकाहरुको आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे ।
लायन्स क्लब अफ पोखरा लेकसिटीले अमरसिंह उच्च माविमा अध्ययनरत तथा आँखा कमजोर भएका ३९ जना बालबालिकाहरुको आँखा परीक्षण गराएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिनुभएकाे छ ।
‘अमरसिंहको दृष्टिविहीन शाखामा दृष्टि गुमाएका तथा कमजोर दृष्टि भएका बालबालिकाहरु पढ्दै आएका छन् । उनीहरुको बेलाबेलामा परीक्षण गराउनुपर्छ । दृष्टि कम भएकाहरुलाई औषधिहरुको आवश्यकता पनि पर्छ ।’ उनीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नेत्ररोग विशेषज्ञ डाक्टर बबिता गुरुङ र नविन बरालको सहयोगमा परीक्षण गरिएको कार्यक्रम संयोजक सुदीप प्रधानाङ्गले जानकारी दिनुभयाे ।
सो अवसरमा आवश्यक औषधि पनि वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि लायन्स ३२५ बि १ नेपालका सिनियर एडभाइजर शिव द्धा रहनुभएकाे थियाे । लायन्स क्लब अफ पोखरा लेकसिटीले पछिल्लो समय शिक्षासँग जोडिएका क्षेत्रमा सहयोग गर्दै आएको छ ।