विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’ • Nepal's Trusted Digital Newspaperविश्व शान्तिका लागि पोखरामा ‘महापूजा’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’

विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’

  • समाचारपाटी
  • शनिबार, चैत्र १२, २०७८
विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’

पोखरा । पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजन गर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ ।

आगामी १३ देखि १८ गते सम्म तमु धि नेपालमा आयोजना हुने उक्त महापूजाको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

समाजका अध्यक्ष धर्मगुरु डा. श्रीलामाले कोरोना भाईरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युर वाचन महापूजा आयोजना  गर्न लागेको बताउनुभयाे । उहाँका अनुसार १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा सकिने लक्ष्य राखिएको छ ।

उहाँले हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउदै बौद्धमार्गी मात्रै नभइ अन्य धर्मावलम्वीहरु समेत पूजामा भाग लिन सक्ने बताउनुभयाे । ‘हामै देशमा जन्मेका बुद्ध दर्शनको महत्व देशमा भन्दा अन्य मुलुकमा छ, उहाँले भन्नुभयाे, ‘ त्यसैले बुद्ध दर्शन बारे पनि
जानकारी दिने हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ ।’ उहाँले बुद्ध दर्शनको कमी कै कारण मुलुकमा हत्या तथा हिंसा भैरहेको धारणा राख्नुभयाे ।

६ दिन सञ्चालन हुने सो पूजामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । भने नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुहरुको उपस्थिति रहने छ । गण्डकी प्रदेशको राजधानीमा महापूजा सकिएसँगै देशको अन्य प्रदेशमा पनि महापूजाको कार्यक्रम तय गरिसकेको
आयोजकले जनाएको छ । आईतबार विहान ८ बजे देखि सुरु हुने सो महापूजाको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका